NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व चतुर्थी - ४

सामान्य प्रशासन महाशाखा

  • आयोगको संगठनात्मक स्वरुप (दरबन्दी श्रजना, खारेज) सम्बन्धी कार्य,
  • कर्मचारी प्रशासन सम्बन्धी कार्य,
  • रिक्त पदहरुको पदपूर्ति, कर्मचारीहरुको नियुक्ति, सरुवा, वढुवा सम्वन्धी कार्यहरु,
  • जनशक्तिको वृत्ति विकास, क्षमता अभिवृद्धि सम्बन्धी कार्य,
  • महाशाखा /शाखाहरुको कार्यको समन्वय, सञ्चालन तथा अनुगमन र मूल्यांकन,
  • आयोगको सम्पत्तिको संरक्षण तथा सञ्चालन सम्बन्धी कार्य,
  • कार्यालय सञ्चालन सम्बन्धी मालसामान तथा सेवा खरिद तथा भुक्तानी व्यवस्था गर्ने,
  • आयोगको बैठक सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य,
  • आयोगबाट गठन भएका बिभिन्न समिति, उपसमिति तथा कार्यदलको प्रतिवेदनको अभिलेख राख्ने, अध्ययन गर्ने र सो को सिफारिस कार्यान्वयन सम्बन्धी कार्य ।
  • आयोगको आर्थिक कार्य प्रणालीको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य
  • आयोगको साधारण तथा बिकास बजेटको तर्जुमाको लागि सम्बन्धित शाखा/महाशाखासँग आवश्यक समन्वय गर्ने ।
  • कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन, दण्ड पुरस्कार जस्ता विभागीय कारवाही सम्बन्धी कार्य
  • विश्वविद्यालयबाट माग भएको दरबन्दीका विषयमा वश्यक अध्ययन गरी योग समक्ष सिफारिस गर्ने ।
  • आयोगको कार्यलाई छिटो, छरितो, र पारदर्शी रूपमा सम्पन्न गर्न सूचना सञ्चार तथा प्रविधि सम्वन्धी योजना तर्जुमा तथा कार्यान्वयन गर्ने ।
  • उच्च शिक्षा सम्बन्धी ऐन तथा नियमको कार्यान्वयनका सम्बन्धमा कानूनी राय परामर्श उपलब्ध गराउने ।
  • आयोग र अन्तर्गतबाट तर्जुमा हुने कानुन, निर्देशिका तथा दिग्दर्शन आदिमा कानुनी पक्षबाट सम्पादन गर्नुपर्ने कार्य,
  • आयोगको तर्फबाट कानुनी रूपमा प्रतिनिधित्व गर्नुपर्नेमा प्रतिनिधित्व गर्ने ।
  • उच्च शिक्षा क्षेत्रमा देखापरेका शैक्षिक समस्या समाधानको लागि उपयुक्त विकल्पहरूको खोजी गर्ने ।
  • कार्यक्रम सञ्चालन तहमा आई पर्ने समस्याहरूको अध्ययन, अनुसन्धान तथा विश्लेषण गरी समाधान गर्ने।
अन्य महाशाखा/शाखामा नतोकिएका भैपरी आउने कार्यहरु

  • आयोगको जनशक्तिको क्षमता विकास सम्बन्धि तालिम,गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने,
  • आयोगको कर्मचारीको सूची (Inventory) तयार गरी उपयुक्त जनशक्तिलार्इ तालिम, प्रशिक्षण लगायत अन्य उपयुक्त जिम्मेवारी निर्वाह गर्न परिचालन योजना बनाउने,
  • आयोगको जनशक्ति विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिम कार्यक्रमको खोजी गरी उपयुक्तताको आधारमा सिफारिस गर्ने
  • आयोगको विभिन्न शाखाहरू तथा अन्य तालिम संस्थाबाट संचालन हुने तालिमहरूबीच समन्वय,
  • कार्यसम्पादनमा आधारित प्रोत्साहन तथा अतिरिक्त समय कार्य गर्ने कर्मचारीको विवरण तयार गरी नियमानुसारको सेवा सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यहरू गर्ने ।
  • रिक्त पदहरुको पदपूर्ति सम्बन्धी कार्यहरू
  • नयाँ नियुक्ती र बढुवा भएका कर्मचारीहरुको पदस्थापन सम्वन्धी कार्यहरू,
  • कर्मचारीहरुको आन्तरिक सरुवा तथा काज सम्वन्धी कार्यहरू,
  • कर्मचारीहरुको हाजिरी, घर विदा, अध्ययन विदा, असाधारण विदा, अनिवार्य अवकाश तथा स्वेच्छीक राजीनामा तथा विभागीय कारवाही सम्वन्धी कार्यहरू,
  • आयोगको दरबन्दीको लगत तथा सो दरबन्दीमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत अभिलेख अद्यावधीक गर्ने कार्यहरू,
  • कर्मचारीको अर्धवार्षिक तथा वार्षिक कार्य सम्पादन मुल्यांकन फारामको बितरण तथा सकंलन गर्ने
  • कर्मचारीहरुलाई विभिन्न पुरस्कार तथा पदकका लागी सिफारीश सम्बन्धि कार्यहरू,
  • आयोगको शाखागत तथा पदगत कार्यविवण तयार गरी स्वीकृत गराउने र अद्यावधिक गर्ने,
  • संगठन व्यवस्थापन सर्वेक्षण समितिको बैठक आयोजना गर्ने, संगठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गर्ने, स्वीकृत भएपछि कार्यान्वयनका लागी सम्वन्धित निकायमा लेखी पठाउने
  • कर्मचारी बैठकसम्बन्धी कार्यहरू ।
  • आयोगको मूलदर्ता चलानी तथा जनसम्पर्क तथा रिसेप्सनसम्बन्धी कार्य,
आवश्यकताअनुसार जनशक्ति विकासका अन्य कार्यहरू गर्ने ।

  • कार्य सञ्चालनको लागि नियमानुसार खाता सञ्चालन गर्ने ।
  • अन्तर्गतका निकायलाई दिइने खर्च गर्ने अख्तियारी सम्बन्धित अधिकारीको निर्देशनमा दिने ।
  • आयोगका आर्थिक प्रशासन तथा कारोबार सञ्चालन गर्ने ।
  • आयोगको संचालनस्तरको लेखा राख्ने, प्रतिवेदन तयार गर्ने गराउने ।
  • मास्केवारी संकलन गरी सम्बन्धित निकायमा पठाउने ।
  • आन्तरिक र अन्तिम लेखा परिक्षण तथा वेरूजु सम्परिक्षण गराउने र बेरुजुहरुको लगत राखी फछ्र्यौट गर्ने गराउने ।
  • आर्थिक मामला सम्बन्धमा समय समयमा अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय र अन्तर्गत विभाग/कार्यालयसंग परामर्श लिने ।
  • वेरूजु फछ्यौट सम्बन्धमा प्रभावकारी भूमिका निर्वाह गर्ने, गराउने ।
  • आफ्नो शाखाको आवश्यक फाइल कागजातहरू साथै भौतिक सामाग्रीहरू व्यवस्थित रूपले राख्ने र अत्यावश्यक कागजातहरू सुरक्षित गरी काम नलाग्ने पुराना कागजातहरू नियमानुसार धुल्याउन पेश गर्ने ।
  • आफ्नो शाखा सित सम्बन्धित कार्यहरूको प्रभावकारिता बढाउन सूचना संकलन गर्ने, अभिलेख अद्यावधिक गर्ने र सुधारका लागि योजना तयार गर्ने ।
  • आर्थिक कारोवार गर्दा प्रचलित कानून बमोजिम रीत पुगे नपुगेको जाँची राय दिने ।
विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ संस्थाहरुबाट आयोगलाई प्राप्त ऋण/अनुदान सम्बन्धी तयार भएका वित्तिय व्यवस्थापन निर्देशिका तथा अन्य सम्बन्धित नियमानुसार व्यवस्थापन गर्ने ।

  • आयोगको कार्यलाई छिटो, छरितो, र पारदर्शी रूपमा सम्पन्न गर्न सूचना सञ्चार तथा प्रविधि सम्वन्धी योजना तर्जुमा तथा कार्यक्रम तयार गर्ने ।
  • आयोगको आन्तरिक तथा बाह्य सञ्चारको व्यवस्था गर्ने ।
  • उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागी सूचना, सञ्चार तथा प्रविधिको प्रयोगका सम्बन्धमा आवश्यक कार्य गर्ने ।
  • उच्च शिक्षाको क्षेत्रमा नवीनतम सूचना, सञ्चार तथा प्रविधि उपयोग सम्बन्धी सम्भावनाहरु खोजी गर्ने ।
  • उच्च शैक्षिक संस्थाहरूमा सूचना प्रविधि सम्वन्धी आवश्यक जनशक्ति तयार गर्न आवश्यक कार्यक्रम तयार गर्ने ।
  • सूचना तथा प्रविधिसंग सम्वन्धित नियामक तथा सम्वद्ध निकायहरुवीच आवश्यक समन्वय गर्ने ।
  • आयोगको सूचना प्रविधिको Networking and Network Troubleshooting गर्ने
  • System Administration, software enhancement, Hardware maintenance सम्बन्धी कार्य ।
  • Electrical, electronics, computer, Laptop को खरिद योजना चेकजांच गर्ने र आवश्यक सुझाव दिने ।
  • Research Information Management System, EMIS, FMIS, File Tracking System सँग सम्बन्धीत कार्य सुचारू रूपमा सञ्चालन गर्न आवश्यक भूमिका निर्वाह गर्ने ।
  • आयोगबाट प्रवाह हुने सेवासँग सम्बन्धित Online Application तयार गर्ने र सो सम्वन्धी समस्याहरुको पहिचान गरी सुधारका लागि उपायहरु खोजी गर्ने ।
  • ICT Audit गरी सुझाव पेश गर्ने ।
  • सूचना सञ्चार प्रविधि प्रयोग गर्ने सम्बन्धमा आवश्यक Programming सम्बन्धी कार्य गर्ने ।
  • आयोगबाट हुने प्रकाशन तथा प्रशारण सम्बन्धी सम्पूर्ण कार्यको व्यवस्थापन गर्ने ।
  • उच्च शिक्षासँग सम्बन्धीत ज्वलन्त विषयहरूमा छलफल तथा संवादको आयोजना गर्ने र प्रतिवेदन तयार गर्ने ।
  • आयोगसँग सम्बन्धित सूचनाहरू विभिन्न पत्र पत्रिका मार्फत प्रचार/प्रसार गर्ने ।
  • आयोगका दैनिक एवं अन्य क्रियाकलापहरुको सम्बन्धीतलार्इ जानकारी दिने र सो को अभिलेख राख्ने ।
  • आयोग तथा उच्चशिक्षा सम्बन्धी विभिन्न छापामाध्यमबाट प्रकाशित समाचार, लेख, रचनाहरुको संकलन गरी व्यवस्थित रुपमा राख्ने ।
  • आयोगको Facebook, Twitter, Website Update गर्ने
  • आयोगको सूचना सम्प्रेषणका लागि आधिकारीक सम्पर्क निकायको रूपमा कार्य गर्ने ।
  • आयोगको EMIS लाई थप प्रभावकारी बनाउनका लागि online system को व्यवस्थापन गर्ने र नेपाल भित्र रहेका उच्च शैक्षिक संस्थाहरुलाई HEMIS व्यवस्थापन गर्नका लागि प्राविधिक तथा अन्य सहयोग गर्ने ।
  • सम्पूर्ण उच्च शैक्षिक सस्थाहरुको सूचना लिने, अध्यायन गर्ने, तथ्यांकको validity reliability को निर्धारण गर्ने ।
  • तथ्यांक संकलनका लागि आवश्यक data collection एवम् अन्य tools को विकास गर्ने ।
  • तथ्यांक संकलनका लागि प्रविधिको प्रयोग गरि छिटो, छरितो रुपमा सूचना संकलन गर्ने ।
  • आवश्यकता अनुसार शैक्षिक स्थितिको विश्लेषण, प्रक्षेपण गर्ने ।
  • सम्पूर्ण विश्वविद्यालय एवम् अन्तरगतका क्याम्पस एवम् उच्च शैक्षिक सस्थाहरु संग सहकार्य गर्दै बार्षिक रुपमा EMIS report तयार गर्ने र उच्च शिक्षाको Leaflet and Flash Report तयार गर्ने ।
उच्च शिक्षासँग सम्बन्धित तथ्यांकहरू तयार गरी आवश्यकता अनुसार शिक्षा मन्त्रालय, योजना आयोगमा तथा अन्य सम्बन्धित निकायमा पठाउने ।

  • आयोगको जिन्सी निरीक्षण सम्बन्धी कार्य ।
  • जिन्सी व्यवस्थापन तथा सुधार सम्बन्धी नीति तर्जुमा गर्ने ।
  • लिलाम कार्यको व्यवस्थापनको लागि निर्देशिका तर्जुमा गर्ने
  • नियमानुसार पुरानो कागजात धुल्याउने, लिलाम बिक्री गर्ने तथा मिन्हा सम्बद्ध कार्यहरू ।
  • आयोगको जिन्सी सम्बन्धी अभिलेख अद्यावधिक गर्ने ।
  • आयोगको विद्युतीय उपकरणहरु तथा गाडीहरुको सुरक्षा, मर्मत एवं व्यवस्थापन सम्बन्धी कार्य,
  • कार्यालयको लागि आवश्यक भौतिक तथा जिन्सी सामान र सुविधाको व्यवस्थापन गर्ने,
  • कार्यालयको सुरक्षा व्यवस्था, सफाई, खानेपानी तथा उत्सब समारोह प्रबन्ध, बगैंचा व्यवस्थापन आदि कार्य गर्ने,
सवारी सुविधा प्राप्त अधिकारी तथा अन्य कर्मचारीलाई पुल सवारी साधन व्यवस्थापन गर्ने,