Notice for Submitting Suggestions regarding Higher Education Policy
PDFविश्वविद्यालय अनुदान आयोगले देशमा विद्यमान परिस्थिति, चुनौती एवं अवसरहरुको सन्दर्भमा नेपालको उच्च शिक्षा क्षेत्रमा हुनुपर्ने समसामयिक सुधार एवं विकास तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक निम्न बुँदाहरुमा केन्द्रीत नीतिगत आधारहरु तयार गर्न अध्ययन कार्य थालनी गरेकोः
१. सान्दर्भिकता एवं प्रभावकारीताको लागि नयाँ दिशा र प्रवर्तन ।
२. विश्वविद्यालय, उच्च शैक्षिक संस्थाहरुको स्थापना एवं विकासका आधार ।
३. वैदेशिक सम्बन्धनमा सञ्चालित वा सञ्चालनमा आउने उच्च शैक्षिक संस्थाहरुको नियमन, अनुगमन ।
४. विश्वविद्यालय, उच्च शैक्षिक संस्थाको गुणस्तर सुनिश्चितता तथा प्रमाणिकरण ।
५. उच्च शिक्षामा लगानी तथा आर्थिक नियमन ।
उपरोक्त सन्दर्भमा सल्लाह तथा सुझावको लागि सरोकारवाला सबैमा यस आयोग हार्दिक आव्हान गर्दछ । आफ्नो सल्लाह सुझाव संक्षेपमा नेपाली वा अंग्रेजी भाषामा स्पष्ट बुझिने गरी निम्न ठेगानामा भाद्र २५ भित्र पुग्ने गरी पठाउनुहुन अनुरोध छ ।
विश्वविद्यालय अनुदान आयोग
सानोठिमी, भक्तपूर
पो.ब.नं १०७९६, फ्याक्सः ०१–६६३८५५२,फोन नंः ०१–६६३८५४८,६६३८५४९,६६३८५५०,६६३८५५१,
इमेलः hepolicy@ugcnepal.edu.np
(सल्लाह सुझाव उपयोगको सम्पूर्ण अधिकार यस आयोगमा निहित रहने छ )
Notice Details
Posted on :8th August, 2012 Posted by : Devendra Rawal Updated at : 29th June, 2020 |
Other Notices
Procurement of Machinery Office Equipments
8th December, 2023 |
Call for participation in Quality Enhancement Program
4th December, 2023 |
Invitation for Sealed Quotation
30th November, 2023 |
बिस्तारित कार्य सम्पादनमा आधारित अनुदानका लागि आवेदन पेश गर्न समयसीमा थप गरिएको सम्बन्धि सूचना।
5th November, 2023 |
समतामा आधारित अनुदानका लागि आवेदन पेश गर्न समयसीमा थप गरिएको सम्बन्धि सूचना।
1st October, 2023 |