माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूबाट आयोगको भ्रमण
माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूबाट आयोगको भ्रमण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मानीनीय श्री अशोककुमार राईज्यूले मिति २०७९ चैत्र २४ गते विश्ववविद्यालय अनुदान आयोगको निरिक्षण भ्रमण गर्नु भएको छ । मन्त्री पदमा नियुक्त भएपछि माननीय मन्त्रीज्यूले आयोगको पहिलो भ्रमण गर्नु भएको हो ।भ्रमणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री रामकृष्ण सुवेदीज्यू पनि सहभागी हुनु भयो ।
आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी र सचिव प्रा. शंकरप्रसाद भण्डारीज्यूले माननीय मन्त्रीज्यूलाई आयोगमा स्वागत गर्नु भएको थियो । स्वागतका क्रममा आयोजित कार्यक्रमा आयोगका अध्यक्षज्यूले आयोगको काम, कर्तव्य र अधिकारका साथै आयोगले नेपालको उच्च शिक्षाको विकास र व्यवस्थापनमा हाल गरिरहेको काम कारवाहीका बारेमा संक्षिप्त जानकारी गराउनु भयो । साथै उहाँले नेपालमा विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूको संख्यात्मक वृद्धि हुदै गएको सन्दर्भमा आयोगको समित स्रोत र साधनलले समग्र उच्च शिक्षा क्षेत्रको सञ्चालन, व्यवस्थापन, नियममन र अनुगमनमा कठिनाई देखिएकाले यस तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउनु भयो । साथै माननीय मन्त्रीज्यूको कार्यकालमा उच्चशिक्षा क्षेत्रले नयाँ गति लिने विश्वास समेत व्यक्त गर्नु भयो ।
आयोगका सचिव प्रा. शंकरप्रसाद भण्डारीज्यूले नेपालको उच्चशिक्षाको हालको समग्र अवस्थाका साथै उच्च शिक्षामा देखिएका प्रमुख समस्या र चुनौतिका विषयमा माननीय मन्त्रीज्यूलाई अवगत गराउनु भयो । उहाँले उच्च शैक्षिक संस्थाहरूलाई अनुदान वितरण, अनुसन्धान तथा छात्रवृत्ति कार्यक्रम, गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम, गुणस्तर सुनिश्चितता तथा प्रत्यायन कार्यक्रमका साथै आयोगबाट भैरहेका नीतिगत कार्यहरूका बारेमा प्रकाश पार्नु भयो । साथै उहाँले विश्व बैंकको सहयोगमा आयोगले सञ्चालन गरिरहेको उच्च शिक्षामा विशिष्ठताको प्रवर्द्धन कार्यक्रमका विविध पक्षहरूमा जानकारी गराउनु भयो ।
कार्यक्रममा माननीय मन्त्रीज्यूले नेपालको उच्चशिक्षामा थुप्रै समस्या र चुनौति रहेको र त्यसको समाधानका उपायहरू समेत रहेको बताउदै यसका लागि सबै सरोकारवाला पक्षहरूको सहयोग, सहकार्य र सक्रियता आवश्यक रहेको बताउनु भयो । उहाँले अध्ययनका लागि ठुलो संख्यामा विद्यार्थीहरू विदेशिने गरेको र नेपालका उच्च शैक्षिक संस्थाहरूमा विद्यार्थी घटिरहेकाले यस विषयमा समयमै नीतिगत रूपमा सम्बोधन गर्नु पर्ने आवश्यकता रहेको औंल्याउनु भयो । उहाँले विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूको दिगो विकासमा ध्यान दिनु पर्ने बताउदै नयाँ विश्वविद्यालय स्थापनाको औचित्यतता र विद्यार्थी संख्या कम भएका उच्च शैक्षिक संस्थाहरूलाई गाभ्ने विषयमा गम्भिर भएर सोच्नु पर्ने बेला आएको बताउनु भयो । माननीय मन्त्रीज्यूले आयोगले उच्चशिक्षाको विकासमा गरिरहेको कामको समेत प्रसंशा गर्नु भयो ।
News Details
Posted on : 9th April, 2023 Posted by : Devendra Rawal Division : Administrative Division Updated on : 9th April, 2023 |
Other News
International Conference on Technical and Vocational Education and Training 26th May, 2023 |
International Conference on Sustainable Development 26th May, 2023 |
2nd Post GRESQL Conference 26th May, 2023 |
Third International Conference on Applications of Mathematics to Nonlinear Science 26th May, 2023 |
आयोगका अध्यक्षज्यूबाट विभिन्न क्याम्पसको भ्रमण 10th May, 2023 |
माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूबाट आयोगको भ्रमण 9th April, 2023 |
Two New HEIs Felicitated with QAA Award 3rd April, 2023 |
निर्देशिका पेश 29th March, 2023 |
29th Anniversary of UGC 2nd December, 2022 |
NEHEP Dissemination Program with TU 26th May, 2022 |